शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दोरम्बाका चोरीको मुद्दामा फरार थापा १९ वर्षपछि पक्राउ
दुर्घटना/अपराध

दोरम्बाका चोरीको मुद्दामा फरार थापा १९ वर्षपछि पक्राउ

माघ १३,

रामेछाप । रामेछापमा चोरी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख नबराज ढुङ्गानाले जुनेली न्युजलाई जानकारी दिए ।

पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका–४ गेश्वराका प्रेम बहादुर थापा रहेका छन् । १९ बर्ष अघि ललितपुर जिल्ला अदालतले चोरी मुद्दामा थापालाई ३ वर्ष ५ महिना २० दिन जेल सजायको फैसला गरेको थियो । सो बेलादेखि फराररहेका थापा मंगलबार ललितपुरबाट पक्राउ परेका हुन् । उनलाई रामेछाप ल्याईदै गरेको प्रमुख ढुङ्गानाको भनाई छ ।

उनलाई जिल्लामानै ल्याएर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु