शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछाप जिल्लामै पहिलो पटक तरकारी तथा फलफूल संकलन बिक्री केन्द्र संचालनमा
रामेछाप बिशेष

रामेछाप जिल्लामै पहिलो पटक तरकारी तथा फलफूल संकलन बिक्री केन्द्र संचालनमा

माघ ११।

रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक कृषि उपज संकलन तथा बिक्री केन्द्र संचालनमा आएको छ ।

आइतबार पौरखी युवा कृषि सहकारी संस्थाले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकासंगको समन्वयम जिल्लामा उत्पादन भएका तरकारी तथा फलफूललाई संकलन गरि बिक्री गर्ने उदेश्यका साथ संकलन केन्द्र उत्घाटन गरेको हो ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका र फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (भिसिडिपी) को सहयोगमा सहकारीले संचालन गरेको संकलन केन्द्रको उत्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति अगाडीबाट संचालनमा ल्याईएको संकलन केन्द्रले जिल्लामा उत्पादन भएका कृषकका तरकारी तथा फलफूललाई बिक्री वितरणमा भूमिका खेल्ने सहकारीका अध्यक्ष सुन्दर घिमिरेले बताए ।

योसंगै मन्थली बजारमा फुट्पात्मा, डोकोमा बोकेर तरकारी बेच्नु पर्ने किसानको समस्या हट्ने भएको छ । साथै नगरपालिकाले पनि अबदेखि फुट्पात्मा ब्यापार, तरकारी, फलफूल किन्बेच गर्न रोक लगाउने नगरप्रमुख रमेश कुमार बस्नेतले संकलन केन्द्र उत्घाटनलाई सम्बोधन गर्दै भने ।

जिल्लामै पहिलो पटक कृषकहरुको कृषि उपज संकलन केन्द्र बनेको भन्दै कृषकहरुले खुसी ब्यक्त गरेका छन् । भने उधोग वाणिज्य संघ रामेछाप, नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संस्था, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवीहरुले संकलन केन्द्रले दिर्घकालीन् योजनासहित कृषकहरुसंग समन्वय गरि जिल्लामा उत्पादन् भएका तरकारी, फलफूलहरु खरिद् बिक्री गर्नु पर्ने सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु