शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली बजारमा फुट्पात पेट्टीमा ब्यापार गर्न पाइदैन, बहिरबाट आउने तरकारी तथा फलफूलमा रोक लगाईन्छ- बस्नेत (भिडियो)
समाचार

मन्थली बजारमा फुट्पात पेट्टीमा ब्यापार गर्न पाइदैन, बहिरबाट आउने तरकारी तथा फलफूलमा रोक लगाईन्छ- बस्नेत (भिडियो)

माघ ११,

रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले कुटिर उधोगबाट मात्रै देशको विकास सम्भव भएको बताएका छन् ।

आइतबार मन्थलीमा जिल्लाकै पहिलो तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्र उत्घाटन गर्दै कृषि क्षेत्रबाट संचालित् हुने कुटिर उधोगको मात्रबढाउन सकेमात्रै समृद्ध देश बन्ने आकंक्षा पुरा हुने बताए ।

उनले भने-जबसम्म हामी कृषि उत्पादकत्वलाई स्थान दिदैनौ तबसम्म देशको सम्बृद्धि हुदैन । उनले नगरपालिकाले पनि कृषि प्रवर्धन कार्यक्रम गरिरहेको बताउदै उत्घाटन भएको संकलन केन्द्रले कृषकहरुको पक्षमा, हितमा, उत्पादन, खरिद्, बिक्रीको क्षेत्रमा काम गर्न आग्रह गरे ।

उनले जिल्लाकै कृषकहरुले जिल्लामा तरकारी धान्ने अवस्था आए बाहिरी जिल्लाबाट आउने तरकारी तथा फलफूल जिल्ला भित्रिन रोक्छु भने । उनले संकलन केन्द्र संचालनमा आएपछि पेट्टीमार्फत हुने तरकारी तथा फलफूल खरिद् बिक्रीमा भने रोकने भने । संकलन केन्द्रले बिक्री गर्ने तरकारी तथा फलफूल केन्द्रमा मूल्य निर्धारण गरि मूल्य कलिमाटी तरकारी बजारको जस्तै तोक्ने बताए ।

भिडियो हेर्नुहोस्,,,, च्यानल subscribers गरिदिनुहोला

फेसबुक प्रतिक्रियाहरु