शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गरेको अभियोगमा चनखुका वडा अध्यक्ष पक्राउ
दुर्घटना/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा चनखुका वडा अध्यक्ष पक्राउ

माघ १०,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १० जनखुका वडा अध्यक्ष पक्राउ परेका छन् । उनलाई करणी गरेको आरोपमा उनकै घरबाट रामेछाप प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा अध्यक्ष भरत बोहोरा रहेका छन् । अध्यक्ष बोहोराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाई फकाई गरि जर्बजस्ती करणी गरेको अभियोग लागेको रामेछाप प्रहरीले जनाएको छ ।

नाम नखुलाईएकी पीडित युवतीले आफूलाई वडा अध्यक्ष बोहोराले जर्वजस्ती करणी गरेको भन्दै उनको विरुद्धमा महानगरिय प्रहरी बृत्त ठिमीमा किटानी जाहेरी दिएकी थिइन । युवतीको किटानी जाहेरीपछि महानगरिय प्रहरी बृत्त ठिमीले वडा अध्यक्ष बोहोरालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई परिपत्र गरेको थियो ।

प्रहरी बृत्त ठिमीको पत्र रामेछाप प्रहरीले पाएपछि अध्यक्ष बोहोरालाई शुक्रवार साँझ पक्राउ गरि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका अध्यक्ष बोहोरालाई घट्ना भक्तपुरमा भएकाले उतै पठाउने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु