सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामेछापका ६४ वटै वडामा कांग्रेसले प्रर्दशन गर्दै
रामेछाप बिशेष

रामेछापका ६४ वटै वडामा कांग्रेसले प्रर्दशन गर्दै

माघ ०७,

रामेछाप । नेपाली कांग्रेस रामेछापले भोली बिहिबार जिल्लाका ६४ वटै वडामा प्रर्दशन गर्ने भएको छ ।

त्यसको लागि सबै तयारी पूरा भएको कांग्रेसले जनाएको छ । संसद बिघटन असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले बिहिबार ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध आयोजना गरेको छ । सोही नीति अनुसार रामेछापका सबै वडाहरुमा प्रर्दशनको गर्ने तयारी भएको नेपाली कांग्रेसका सचिव बिष्णु बस्नेतले जुनेली न्युजलाई बताए ।

कांग्रेस रामेछापले सशक्त प्रर्दशन गर्न निर्देशन समेत दिईसकेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु