शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • भोली कांग्रेसले ६ हजार ७४३ वडाहरुमा संसद् बिघटन बिरुद्धमा प्रर्दशन गर्ने : सहभागी हुन देउवाको अपिल
समाचार

भोली कांग्रेसले ६ हजार ७४३ वडाहरुमा संसद् बिघटन बिरुद्धमा प्रर्दशन गर्ने : सहभागी हुन देउवाको अपिल

माघ ०७,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली (बिहिबार) वडा स्तरीय प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध कांग्रेसले बिहिबार माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

बिहिबार वडा स्तरीय प्रदर्शनमा पनि प्रर्दशन गर्न लागेको हो ।

अपिल पत्र

Image may contain: text

फेसबुक प्रतिक्रियाहरु