शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्यान रामेछापको संयोजकमा निरज सापकोटा चयन (तस्बिरहरु)
रामेछाप बिशेष

क्यान रामेछापको संयोजकमा निरज सापकोटा चयन (तस्बिरहरु)

माघ ०४,

रामेछाप । कम्प्युटर एसोशियसन नेपाल महासंघको प्रथम जिल्ला भेला एवं सीएन् (क्यान) रामेछापको प्रथम भेला मन्थलीमा सम्पन्न भएको छ ।

शनिबार भएको भेलाले निरज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसमा सदस्यहरुमा ददिलाल नेपाल, दिपक कुमार श्रेष्ठ, झनक बहादुर बुढाथोकी र (उत्तम) राजु श्रेष्ठ (विजय) चयन भएका छन् ।

बागमती प्रदेश अन्तर्गतका जिल्ला शाखाहरू विस्तार मध्ये नवौं शाखाको रूपमा रामेछापमा शाखा गठन गर्ने गरेको क्यानले जनाएको छ ।

समिति गठन गर्न केन्द्रीय अध्यक्ष नवराज कुँवर, उपाध्यक्ष खुसल रेग्मी, सचिव शेखरनाथ दुलालसहित केन्द्रीय सदस्यहरू भानु शर्मा, नारायण श्रेष्ठ र केन्द्रीय सदस्य एवं जिल्ला विस्तार समितिका सह-संयोजक सुदीप शर्मा, बागमती प्रदेशका सचिव किरण श्रेष्ठ र रूपन्देहीका सचिव जीवन अधिकारी जिल्लामा आएका थिए ।

रामेछापका सूचना प्रविधि क्षेत्रमा कृयाशिल रहेका सूचना प्रविधिको क्षेत्रलाई बिस्तार गर्न दिर्घकालीन योजनासहित समिति गठन गरेको व्यवासयी नवराज श्रेष्ठले बताए ।

तदर्थ समितिले आगामी माघको २४ गते सम्ममा जिल्लामा सदस्यता वितरण गर्ने र यसले भावी योजना सार्वजनिक गर्ने नवसदस्य बिजय श्रेष्ठले जानकारी दिए ।

तस्विर हेर्नुहोस्

Image may contain: 4 people, people sitting, people standing and people on stage

Image may contain: 18 people, including Dipak Shrestha, people standing

Image may contain: 7 people, people standing

Image may contain: 6 people, people sitting and indoor

Image may contain: 5 people, people standing and indoor

Image may contain: 7 people, people sitting

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु