शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कृषक बिरोधी एफ्डीआई तत्काल खारेज गर्न डेरी एशोसिएशनको माग : आन्दोलनमा उत्रने चेतावनी (भिडियो/प्रेस विज्ञप्ति)
रामेछाप बिशेष

कृषक बिरोधी एफ्डीआई तत्काल खारेज गर्न डेरी एशोसिएशनको माग : आन्दोलनमा उत्रने चेतावनी (भिडियो/प्रेस विज्ञप्ति)

माघ ०३,

रामेछाप । नेपालको कृषि क्षेत्रमा बैदेशिक लगानी (एफ्डीआई) खुल्ला गर्न नहुने भन्दै नेपाल डेरी एशोसिएसनले आपत्ति जनाएको छ । यदी सरकारले यो निर्णय फिर्ता नलिय आन्दोलन गर्ने चेतानी दिएको छ ।

शनिबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि एशोसियशनले यस्तो चेतावनी दिएको छ । केन्द्रीय र प्रदेशको संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल सरकारले लुकाई लुकाई नेपालका कृषकहरुलाई प्रत्यक्ष असर पुर्याउनले नीति ल्याएको पाईएकाले त्यो नीति तत्काल फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलन मार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा “ मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहीत डेरी उधोग, पशुपंक्षीपालन, माछापालन, फलफूल, तरकारी, आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित ब्यबसायमा प्रत्यक्ष बैदेशिक लगानी (FDI) खुल्ला गर्ने गरि गत पुष २० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाले यस उधोग व्यवसाय संग आवद्ध हामी सबै किसान तथा उधिगीहरुको गम्भिर ध्याना आकृष्ट भएको छ” भनिएको छ ।

एशोसिएसनले सरकारलाई निर्णय फर्ता लिएर सच्चिने अवसर रहेको भन्दै निर्णय लागू भएमा निकै ठूलो क्षेती राज्यका कृषकहरुले ब्यहोर्नू पर्ने बताएका छन् ।उनीहरुले ९ बुँदे असरहरु समेत सार्वजनिक गरेका छन् ।

https://www.facebook.com/ghimimiremilan2018/videos/1192871127816625

https://www.facebook.com/ghimimiremilan2018/videos/161940425392298

प्रेस विज्ञप्ति हेर्नुहोस्

No description available.

No description available.

असरहरु यस्ता पर्ने उल्लेख छ । ९ बुँदामा उल्लेखित………….

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु