शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीलाई ११ सय घुष दिन खोज्ने चालक पक्राउ
दुर्घटना/अपराध

ट्राफिक प्रहरीलाई ११ सय घुष दिन खोज्ने चालक पक्राउ

माघ ०३,

काठमाडौं । ट्राफिक प्रहरीलाई १ हजार १ सय आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ्को तुलसीपुरका ४० वर्षीय मिन बहादुर रासकोटी रहेका छन् ।

शनिबार बिहान ६ : ३० बजेको समयमा बा १६ च ३८६९ नम्बरको स्कार्पियो चालकले पार्किङ् निषेश गरेको स्थानमा रोकेकाले काठमाडौं कलंकी चोकस्थित सडक खण्डमा डियुटीमा रहेका ट्राफिक प्रहरी जवान रमेश बुडालले कारबाही गर्न खोज्दा चालकले १ हजार १ सय आर्थिक प्रलोभनमा पारेका थिए ।

उनलाई पक्राउ गरि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु