बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महाकुलुङ्मा तीन दिनदेखि बेपत्ता भएका राई मृत भेटिए
समाचार

महाकुलुङ्मा तीन दिनदेखि बेपत्ता भएका राई मृत भेटिए

माघ ०३,

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ्मा तीन दिनदेखि बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् ।

उनी गत पुष २९ गतेदेखि बेपत्ता भएका थिए । मृत भेटिनेमा पालिकाको वडा नं ३ का ५२ वर्षीय एनकुमार राई रहेको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरिक्षक अनिल माबोहाङले जानकारी दिए ।

मृत भेटिएका राई केही समयदेखि मानसिक रोगी रहेका थिए । प्रहरीका अनुसार राईलाई स्थानीय हुंगा खोलाको किनारमा मृत अबस्थामा फेला स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव मुचुल्का उठाएर परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनायो । File Photo

फेसबुक प्रतिक्रियाहरु