शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १ का मुख्यमन्त्री राई माघ ११ गते अनतरजातीय बिहे गर्दै
समाचार

प्रदेश १ का मुख्यमन्त्री राई माघ ११ गते अनतरजातीय बिहे गर्दै

२ माघ,

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।

उनी हाल अमेरिकामा बस्दै आएकी छन् । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । संघीय सरकारका सञ्चारमन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो । यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।

विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुने जनाइएकाे छ। विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु