बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुन्दरीजलमा बराहकर्णेश्वर मन्दिर शिलन्यास : नगरप्रमुख चालिसेबाट १ लाख ५१ हजार ब्यक्तिगत सहयोग
समाचार

सुन्दरीजलमा बराहकर्णेश्वर मन्दिर शिलन्यास : नगरप्रमुख चालिसेबाट १ लाख ५१ हजार ब्यक्तिगत सहयोग

माघ ०२,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बराहकर्णेश्वर मन्दिरको शिलन्यास गरिएको छ ।

शुक्रबाट नगरप्रमुख सन्तोष चालिसेको प्रमुख अतिथेता र वडा १ का अध्यक्ष राम मानन्धरको विशेष अतिथिमा मन्दिर शिलन्या गरिएको हो ।

मन्दिर शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले सम्पति भएर मात्रै नहुने भन्दै धर्म गर्न चहानेहरुलाई सहयोगबाट मन्दिर निर्माण गर्न आह्वन गरे । उनले निर्माण समयमै सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिए । उनले मन्दिरको इतिहासलाई स्मरण गर्दै सबैजना मिलेर मन्दिर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले सबै मिलेर मन्दिर बनाउने बताए । उनले नगरपालिकाबाट २५ लाख रुपैयाँ तत्काल हस्तान्तरण गर्ने र आफ्ना स्वार्गीय मातापिताको नाममा १ लाख ५१ हजार नगद सहयोग गर्ने घोषणा पनि गरे ।

फेसबुक प्रतिक्रियाहरु