शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापबाट दुई जना कोरोना संक्रमित एपीएफ अस्पताल रेफर : ६ जना डिस्चार्ज
रामेछाप बिशेष

रामेछापबाट दुई जना कोरोना संक्रमित एपीएफ अस्पताल रेफर : ६ जना डिस्चार्ज

माघ ०२,

रामेछाप । रामेछापमा बिहिबार एकैदिन ६ जना डिस्चार्ज भएका छन् । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएर होमक्वरेन्टिन, आइसोलेसन र होम आइसोलेसनमा उपचार गराइरहेका ४०, २३, २६, ३४, २९, वर्षका महिला र १३ र २६ वर्षका पुरुषहरु डिस्चार्ज भएको जिल्ला अस्पताल रामेछापले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालसम्ममा जिल्लमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ हजार ३ सय ५ जनाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । त्यस्तै रामेछाप स्थायी घर भैइ विभिन्न जिल्लामा बस्दै आएका ८८ जना महिला र २०६ जना पुरुषलाई कोरोना संक्रमणदेखिएको अस्पतलाले जनाएको छ । जिल्ला बाहिर रहेका २९४ जनामा संक्रमणदेखिएको हो ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा १०९ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै हालसम्ममा २ हजार ५ सय २५ जनाको परिक्षण गरिएको छ ।

त्यस्तै शुक्रबार ५३ र ४० वर्षीय पुरुषहरुलाई एपीएफ अस्पताल काठमाडौं थप उपचारको लागि रेफर गरिएको छ ।

२९ र २० वर्षीय दुई जना दोरम्ब गाउँपालिकाको अस्पतामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्ममा जिल्लामा कूल ५ सय १४ जनालाई संक्रमण पुष्टि भैसकेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु