शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकामा एकल तथा जोडी ब्याड्मिन्टन प्रतियोगिता हुदै : परस्कार राशी यस्तो छ ?
समाचार

रामेछाप नगरपालिकामा एकल तथा जोडी ब्याड्मिन्टन प्रतियोगिता हुदै : परस्कार राशी यस्तो छ ?

पुष २७,

रामेछाप । रामेछाप जिल्लाका रामेछाप नगरपालिकाले तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको छ । खेल आउदो माघ ९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । दुई बिधामा खेलाइने खेलमा सिनियर र जुनियर अन्तर्गत प्रतिस्पर्धा गराइने छ ।

सिनियर तर्फ जोडीको खेलमा प्रथम पुरस्कार नगद ८ हजार सहित मेडल, प्रमाण पत्र दिइने खेलमा द्वितिय बिजेताले ६ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यस्तै तृतिय हुने ४ हजार नगदसहित मेडल, प्रमाण पत्रपाउने छन् । त्यस्तै सान्तोना हुनेले पनि नगद ३ हजारसहित मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यस्तै सिनियर तर्फ एकल खेलमा प्रथम पुरस्कार नगद ६ हजार सहित मेडल, प्रमाण पत्र दिइने द्वितिय हुने बिजेताले ४ हजारको साथमा मेडल र प्रमाण पत्रपाउने छन् ।

त्यस्तै तृतिय हुने ३ हजार नगदसहित मेडल, प्रमाण पाउने छन् । त्यस्तै सान्तोना हुने एकल प्रतियोगिले पनि नगद २ हजारसहित मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनियर जोडी अन्तर्गतको पहिलो हुनेले ७ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै खेलमा द्वितिय बिजेताले ५ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।

त्यस्तै तृतिय हुने ३ हजार नगदसहित मेडल, प्रमाण पत्रपाउने छन् । भने सान्तोना हुनेले पनि नगद २ हजारसहित मेडल, प्रमाण पत्र पाउने छन् ।

त्यस्तै  जुनियर एकल खेलमा प्रथम पुरस्कार नगद ५ हजार सहित मेडल, प्रमाण पत्र दिइने द्वितिय हुने बिजेताले ३ हजारको साथमा मेडल प्रमाण पत्र पाउने छन् ।

त्यस्तै तृतिय हुनेले नगद २ हजार पाउने बताइएको छ । त्यस्तै एकल सान्तोनाले रु १ हजारसहित प्रमाण पत्र पाउने रामेछाप नगरपालिकाले जनाएको छ ।

पुरस्कार राशी हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु