मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बाम्तिभण्डारबाट दुई दिनदेखि सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार : काठमाडौं लागियो
रामेछाप बिशेष

बाम्तिभण्डारबाट दुई दिनदेखि सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार : काठमाडौं लागियो

पुष २४,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एक महिलाको उद्धार गरेको छ ।

राष्ट्रपति महिला निशुल्क उद्धार कार्यक्रम अन्तर्गत पालिकाको वडा नं २ बाम्तिभण्डारबाट दुईदिनदेखि सुत्केरी हुन नसकेकि महिलाको पालिकाले निशुल्क रुपमा उद्धार गरेको उप–प्रमुख उर्मिला कार्की बस्नेतले जुनेली न्युजलाई जानकारी दिइन् । उनले भनिन्–राष्ट्रपति महिला निशुल्क उथान कार्यक्रम अन्तर्गत आज कार्यान्वयनको चरणमा गएको छ, कार्यक्रम लागू भएपश्चात् पहिलो पटक उनलाई उद्धार गरिएको हो ।

उमाकुण्ड जिल्लाकै दुर्गम क्षेत्र रहेको भन्दै जिल्लाकै एक मात्रै निशुल्क महिला उद्धार कार्यक्रम मार्फत महिलाको उद्धार कार्यक्रममा समावेश गरिएको छ ।

दुई दिनदेखि सुत्केरी बेथा लागेकी मेनुका कार्कीलाई स्थानीय बाम्तिअस्पतालमा सुत्केरी गराउन नसकेपछि शुक्रबार (आज) दिउँसो ३ बजे काठमाण्डौ पठाइएको हो । उनको अहिले प्रसुती गृह थापाथलीमा लैजाने तयारी भैरहेको उनले बताइन् ।

दुईदिनदेखि सुत्केरी हुन नसकेकी कार्कीको खबर पाउन साथ पालिकाले सम्बन्धीत निकायमा खबर गरेर हेलिकप्टर झिकाएर उनलाई उपचारको लागि पठाएको कार्कीले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु