सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न भारतका महाराष्ट्रका राज्यपाल कोश्यारीद्वरा अस्वीकार
समाचार

पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न भारतका महाराष्ट्रका राज्यपाल कोश्यारीद्वरा अस्वीकार

पुष २४,

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेट भारतीय महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारी ले अस्वीकार गरेका छन् ।

पत्नि सिता दाहालको उपचारको लागि भारत रहेका दाहालले कोश्यारीसंग भेट्न समय मागेका थिए तर उनले तत्काल भेट्न अस्वीकार गरेको भारतीय अन्लाईन बिएल खबरले लेखेको छ ।

नेपालको राजनीतिक अस्तिरता भएको कुरालाई लक्षित गरि उनले भेट्न नचाहेको खबरमा उल्लेख छ । प्रचण्डले कोश्यारीसंग भेट्नाको लागि इच्छा देखाएको तर कोश्यारीले भेटेर भन्दा सबै कुरा फोनमा वा भर्चुवाल माध्यमबाट मात्रै गर्ने सहमति गरेको खबरमा उल्लेख गरिएको छ । प्रचण्डले भारत पुग्ने बितिकै भेट्न खोजेको उल्लेख गरिएको छ । तर राज्यपाल कोश्यारीले तत्काल भेट्न नमिल्ने बताएका हुन् ।

कोश्यारी सत्तारूढ़ भारतीय जनता पार्टी (BJP) का पूर्वउपाध्यक्ष समेत हुन् ।

प्रचण्डकी पत्नी सीताको भारतको मुम्बाईको न्यूरोगेन ब्रेन एण्ड स्पाइनल इंस्टीट्यूट अस्पतालमा उपचार भैरहेको छ ।एजेन्सी

फेसबुक प्रतिक्रियाहरु