सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूह रामेछापले बुझायो सिडियोमार्फत ओलीलाई बिरोध पत्र
रामेछाप बिशेष

प्रचण्ड-नेपाल समूह रामेछापले बुझायो सिडियोमार्फत ओलीलाई बिरोध पत्र

पुष २४,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले केन्द्रीय पूर्वघोषित् कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र बुझाएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाई नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलसहितको उपस्थितिमा पत्र बुझाएको हो । उनीहरुले जिल्ला प्रशासन कार्यालयसम्मा पुग्दा अनेरास्ववियूका नेताहरुले र्याली पनि प्रर्दशन गरेका थिए ।

संसद् बिघटन असंबैधानिक र अलोकतान्त्रिक, जनभावना बिपरित काम गरेको भन्दै उनीहरुले देशब्यापी रुपमा बिरोध स्वरुप बिरोध पत्र बुझाउने कार्याक्रम अनुसार पत्र बुझाएको बताएका छन् । उनीहरुले संविधानले प्रधानमन्त्रीलाई संसद् बिघटनको अधिकार नदिएको उल्लेख गरेका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहले बिरोध स्वरुप संविधान धारा पढेर सुनाउने र बिरोध पत्र / संविधान धारा बुझाउने कार्याक्रम घोषण गरेको थियो ।

बिरोध पत्र

No description available.

फेसबुक प्रतिक्रियाहरु