बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वरा चिन्ह् प्रदान् (फोटोसहित)
समाचार

पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वरा चिन्ह् प्रदान् (फोटोसहित)

पुस २३,

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् ।

बिहिबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्हद्वारा प्र्दान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनु पर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

उनीहरु नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार पदोन्नति गरिएको थियो ।

Image may contain: 1 person, standing and hat Image may contain: 1 person, standing, hat and closeupImage may contain: 1 person, standing, hat and closeupImage may contain: 2 people, people standing, hat and closeupImage may contain: 1 person, standing and hatImage may contain: 1 person, standing, hat and closeupImage may contain: 1 person, standing and hat

Image may contain: 1 person, standing and hat

Image may contain: 1 person, hat and closeupImage may contain: 1 person, indoor

Image may contain: one or more people, people sitting, people on stage, table and indoor

फोटो नेपाल प्रहरीको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु