शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुष दिनखोज्ने सह चालक गोले पक्राउ
दुर्घटना/अपराध

ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुष दिनखोज्ने सह चालक गोले पक्राउ

पुष २३,

काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना सवारी सह चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ना.५.ख.१३२७ नम्बरको भाडाको ट्रकका सह-चालक हेटौडा नगरपालिका १४ बस्ने ५० वर्षीय रविन कुमार गोले रहेका छन् । उनले बिहिबार अन्दाजी १०:१५ बजेको समयमा काठमाण्डौं, परिक्षा नियन्त्रण कार्यालय बल्खु अगाडी डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान राकेश कुमार शाहलाई २ सय रुपैयाँ आर्थिक प्रलोभन/घुषदिन खोजेका थिए ।

ट्रफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत रोक्न निषेध गरेको ठाउँमा रोकेकोले कारवाही गर्न खोज्दा सह चालक गोलेले रु.२०० घुषदिन खोजेका थिए । गोलेलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाईएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु