पुष २१,
काठमाडौं । जय नेपाल सामाजिक युवा संस्थाको प्युठान जिल्लाको अध्यक्षको जिम्मेवारी विमल प्रसाद पोखरेलले पाएका छन् ।
७७ वटै जिल्लामा शाखा विस्तारलाई तिवै पारेको संस्थाले सोमबार केन्द्रीय अध्यक्ष राजु सुनारले पोखरेललाई जिल्ला अध्यक्षमा चयन गरेका हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले पछिल्लो समय ३६ वटाभन्दा बढी जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
सोही क्रममा सोमबार पोखरेललाई प्युठानको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । गत आइतबार मात्रै रामेछाप जिल्लामा मिलन घिमिरेलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु