बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रचण्डले अध्यक्षबाट हटाएकै ठाउँमा पुगे ओली (फोटो भिडियो)
समाचार

प्रचण्डले अध्यक्षबाट हटाएकै ठाउँमा पुगे ओली (फोटो भिडियो)

पुष १५,

काठमाडौं । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सुदुर पश्चिम प्रदेशस्तरीय नेता-कार्यकर्ताहरूकाे भेलालाई सम्बोधन गर्न पुगेका छन् ।

मृगौला पुनः प्रत्यारोपणपछि विरलैमात्र बाहिरी कार्यक्रममा निस्कने गरेका ओली पार्टी बैठक समेत बालुवाटारमै गर्ने गरेका थिए । नेकपाका विभाजित भएपछि ओली लामो समयपछि पुस ४ गते शनिवार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भिडियो साभार नेपाल लाईभ फेस्बुक

https://www.facebook.com/nepallive1/videos/1299956217035020

पार्टी विभाजनपछि बालुवाटारबाट शीतल निवास बाहेक अन्यत्र नगएका ओली बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेस पुगेर सुदूरपश्चिमका कार्यकर्ता भेलामा पुगे । कार्की पार्टी प्यालेस त्यहि हो, जहाँबाट प्रचण्ड पक्षले उनलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो । उनी काठमाडौं जिल्ला कमिटीको भेलामा पनि पुस १८ गते सहभागी हुने बताइएको छ ।

पार्टी विभाजनपछि ओली पक्षधर नेकपाका दोस्रो तहका नेताहरु देश दौडामा लागेका बेला अध्यक्ष ओली पनि बालुवाटार बाहिर निस्केर कार्यकर्ताबीच पुग्न थालेका हन् ।

Image may contain: 5 peopleImage may contain: 1 person, crowdImage may contain: 1 person

फोटो सूर्य थापाबाट साभार

फेसबुक प्रतिक्रियाहरु