शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीलाई ५ सय घुष दिनखोज्ने सवारी सहचालक पक्राउ
दुर्घटना/अपराध

ट्राफिक प्रहरीलाई ५ सय घुष दिनखोज्ने सवारी सहचालक पक्राउ

पुष १४,

काठमाडौं । ट्राफिक प्रहरीलाई ५ सय घुस दिनखोज्ने सवारी सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु ८ बस्ने २८ वर्षीय लु.२.ख.४७२४ नम्बरको भाडा बसका सहचालक अकवर अलिमीया रहेका छन् ।

उनलाई सोमबार साँझ ७ : ५० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा अलिमीया/सह चालकले प्रहरीलाई ५०० आर्थिक प्रलोभनमा पार्न खोजेकोले पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाईएको हो।

उनलाई कलंकी, खड्कुले पुलस्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी रमेश सिंह वुढाललाई प्रलोभनमा पार्न खोजेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु