सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कलाकारहरुले रमेश प्रसाइको राँगो जस्ता गीत गाउनु पर्यो, माया प्रेमका मात्रै हैन- संसद पौडेल
रामेछाप बिशेष

कलाकारहरुले रमेश प्रसाइको राँगो जस्ता गीत गाउनु पर्यो, माया प्रेमका मात्रै हैन- संसद पौडेल

पुष १३,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका सचिव शान्ति प्रसाद पौडेलले कलाकारहरुले समाजको यथार्थलाई गीत संगीतको माध्यमबाट बाहिर ल्याउनू पर्ने बताएका छन् ।

शनिबार मन्थलीमा भएको एक संगीतिक कार्याक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका संसद समेत रहेका नेता पौडेलले अहिलेका कालकारहरुले गीत संगीतलाई माया प्रेमको एक थलोको रुपमा प्रयोग गर्दै आएको बताउदै यसलाई कलाकारहरुले समाजको वर्तामान अवस्थाहरुलाई गीतसंगीतको माध्यमबाट लयबद्ध गरी बिकृती र बिसंगतीलाई चिर्ण सक्नु पर्ने बताए । उनले भने अचेलका गीतखाली,माया प्रेमका मात्रै हुन्छन्, केटाकेटी भाग्ने भगाउने,नाच्ने नचाउने, नाटकिय पीडा मात्रै पोखेका हुन्छन्, त्यो भन्दा अबदेखि कलाकारहरुले समाजमा भैरहेको यथार्थ चित्रण गर्न सक्नु पर्यो, गलत छ भने सहि मार्गमा ल्याउन भूमिका खेल्नु पर्यो, जस्तै नेकपाको अहिलेको त्यो अवस्थालाई चिरण सक्ने सकारात्मक सन्देश दिन सक्नु पर्ने खाल्को हुनु पर्यो । त्योस्तो खालको गीत धेरैपछि मैले रमेश प्रसाईको गीत सुनेर अनुभूती गरे, त्यस्ता गीत गाउँनु पर्यो भने ।

कार्याक्रममा रामेछाप जिल्लासहित राष्ट्रिय संगीत कार्मी संघमा आबद्ध कलाकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु