सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गेन्द्रकुमारी पाण्डेको निधनमा कांग्रेसको दुःख ब्यक्त
दुर्घटना/अपराध

गेन्द्रकुमारी पाण्डेको निधनमा कांग्रेसको दुःख ब्यक्त

पुष १०,

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका सदस्य एवं नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका निवर्तमान नेता सुरेन्द्रराज पाण्डेकी माताको निधनमा दुःख ब्यक्त गरेको छ ।

९८ वर्षीया योगेन्द्रकुमारी पाण्डेको शुक्रबार बिहान निधन भएको थियो । कांग्रेसले पाण्डले सदैव देश र आम नागरिकको हितमा समर्पित रहन आफ्ना सन्ततीलाई प्रेरित गर्दै गरेको स्मरण गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु