मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको संचालनमा
रामेछाप बिशेष

बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको संचालनमा

पुष १०,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ स्थित बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले स्वास्थ्य केन्द्रको उद्धघाटन गरेका हुन् ।

स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले रामेछाप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै महत्वुर्ण कामहरु गरेको बताए । कोरोना भाईरसले गर्दा केही कामहरु रोकिएको र ति कामहरु फेरी पनि सन्चालन हुने उनको भनाई थियो ।

वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्कीले नागरीकहरुलाई स्वास्थ्य सेवाको सर्व सुलभ पहुँचमा ल्याउन सहरी स्वास्थ्य केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले वडा कार्यालयले जेष्ठ नागरीक , अपाङ र अशक्त व्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको बताए ।

सहरी स्वास्थ्य केन्द्र सन्चालन आएपछि वडा नम्बर ८ का बावियाखर्क , डुम्रिखर्क र सल्लेका स्थानियहरुलाई फाईदा पुग्ने छ । स्वास्थ्य केन्द्रबाट नियमित रुपमा गर्भवती जाँच, सुत्केरी जाँच, प्रसुति, परिवार नियोजनका साधन, परामर्श, खोप जस्ता सेवाहरु दैनिक रुपमा प्रदान गरिने नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीले बताए ।

सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन कार्यक्रममा उपस्थित ओमकार घिमिरे , हरि कुमार कार्की , शिव प्रसाद घिमिरे , नारायण घिमिरे लगायतले स्वास्थ्य केन्द्र सन्चालनमा आएपछि आफुहरुलाई निकै फाईदा पुग्ने भन्दै खुशि व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु