आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • संसद बिघटनको अवैधानिक नेकपा रामेछाप नगर कमिटिको ठहर
रामेछाप बिशेष

संसद बिघटनको अवैधानिक नेकपा रामेछाप नगर कमिटिको ठहर

पुष १०,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टि नेकपा रामेछाप नगर कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको सिफारीस प्रति खेद प्रकट गरेको छ ।

पार्टिले एक बिज्ञप्ती जारी गरी आइतवार प्रधानमन्त्री के पी शर्मा ओलीले नयाँ जनादेशका नाममा संसद बिघटन गरी निर्वाचनमा जाने गरेको निर्णय संविधानको बर्खिलापमा भएको र उक्त कदमले नेकपाका तमाम कार्यकर्ता र जनताको भावनामा चोट पुगेको भन्दै सो कदमप्रति खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा वर्तमान प्रधानमन्त्री ओलीले गरेको असम्बैधानिक कदमको खेद प्रकट गरिएकोे छ । विज्ञप्तिमा रामेछाप नगर कमिटीका अध्यक्ष मोतिलाल तमाङ, सचिब होतराज ढकाल, कार्यालय सदस्यद्वय नरेश वावु श्रेष्ठ र इन्दिरा बख्रेलले हस्ताक्षर गरेका छन् । यस अघि नेपाल कम्युनिष्ट पार्टि रामेछापले पनि छुट्टै विज्ञप्ति जारी गरी उक्त कदमको खेद प्रकट गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु