बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सेवाग्राही मैत्री प्रशासन,सिमा विवाद् हाल, विकास निर्माणमा स्थानीय सरकारसंग समन्वय गर्छु-प्रजिअ शर्मा (भिडियो)
रामेछाप बिशेष

सेवाग्राही मैत्री प्रशासन,सिमा विवाद् हाल, विकास निर्माणमा स्थानीय सरकारसंग समन्वय गर्छु-प्रजिअ शर्मा (भिडियो)

पुष ०८,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ) ले जिल्लाबासीले प्रशासनबाट लिदै आएको सेवामा सहज्ता ल्याउने बताएका छन् । गत सोमबारदेखि रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा प्रवेश गरेका शर्माले मंगलबार संचारकर्मीहरुसंग परिचयात्मक कार्याक्रम गर्दै यस्तो बताएका हुन् ।

उनले प्रवाह भैरहेका सेवालाई सहज्ता बनाउनको लागि विभिन्न काम गर्ने बताएका छन् । उनले भने म, नागरिकता, विभिन्न सिफारिसको नमुना लेखेर प्रशासनको बाहिर राख्ने छु, रहेक कार्यालयहरुलाई यो नमुनाको रुपमा गराउने छु, तकि नागरिकलाई भैरहेको अन्यौल्ता हट्ने छ, कार्यामा सहज्ता आगउने छ, म रामेछापको गुम्देलदेखि सुनकोसी नदीको किनारसम्म विभिन्न पर्यटकिय पदमार्ग बनाउन स्थानीय तहहरुसंग समन्वय गर्ने छु ।

पत्रकारसंग प्रजिअ शर्मा
पत्रकारसंग प्रजिअ शर्मा

उनले स्थानीय तहसंग विकास निर्माणमा सहजिकरण गर्न समन्वयत्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । संचारकर्मीहरुले जिल्ला विभिन्न स्थानमा सिमा समस्या छ यसलाई टुङ्गोमा पुर्याउनू पर्या भनि गरेको प्रश्नमा उनले म सक्दो प्रयास गर्ने छु, मेरो उल्लेखनीय भूमिका हुने छ, पहल सुरु गर्छु, अहिलै गर्छु भन्न सक्दिन, फाइल हरेर काम अघि बढ्उने छु, भने ।

अनुगमनलाई प्रथामिकतामा राखेर विकासलाई दिगो रुप दिने उनले बताए । कार्यालयहरुले सेवामा कन्जुस्यायी गरेको थाहा पाएमा तत्काल त्यसलाई कार्वाही गर्ने छु तपाईहरुको साथ र सहयोग हुने आशा गरेको छु भने ।

उनी जिल्लाकै उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकाँस्थलीका स्थानीय समेत रहेका छन् । उनले जिल्लाको समग्र अवस्थाको बारेका जानकारी समग्रमा भएको उल्लेख गर्दै स्थानी तहहरुसंग पहल गरी विकास निर्माणलाई सहजिकरण गर्ने बताए ।

जिल्लाका विभिन्न स्थानमा भैरहेको हाइड्रोपाव कम्पनीहरुको लाचारी पनलाई कडाईका साथ लागू गर्ने बताए । उनले भने म कसैको ललाई फकाईमा बिक्दिन, नागरिकको हक अधिकारलाई कूण्ठित गर्ने जोकोहीलाई कार्वाही गर्ने छु । नागरिकलाई निर्माणाधिन जलबिधुत प्राधिकरणहरुले गर्नू पर्ने काम नगरेको भए तत्काल पहल हुन्छ भने ।

फेसबुक प्रतिक्रियाहरु