आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • कंडेल र कार्की नेकपाको केन्द्रीय महाधिवेशन समितिमा रामेछापबाट चयन
रामेछाप बिशेष

कंडेल र कार्की नेकपाको केन्द्रीय महाधिवेशन समितिमा रामेछापबाट चयन

पुष ०८,

रामेछाप । रामेछापबाट दुई जना नेकपाको केन्द्रीय महाधिवेशन आयोजना समितिमा  चयन भएका छन् ।

मंगलबार केपी शर्मा ओली समूहको केन्द्रीय समितिको बैठकले समिति बिस्तार गर्दा रामेछापबाट एक जना पुरुष र एक महिला केन्द्रीय समितिमा चयन भएका हुन् ।

जसमा नेकपा बागमती प्रदेश कमिटीका सदस्य तुल प्रसाद कंडेल र मन्थली नगरपालिकाकी उपप्रमुख समेत रहेकी माया कुमारी कार्की केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

ओली समूहले केन्द्रीय महाधिवेशन विस्तार गरी ११९९ जना पुर्याएको छ । थप ४ सय ४५ जना सदस्यीय समिति बिस्तार गरेको हो ।

ओलीले संसद बिघटन गरेर संविधानको उल्लङ्घन गरेको नेकपा रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाई सकेको छ ।

फेसबुक प्रतिक्रियाहरु