सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बिदा भइन रामेछापबाट शर्मा (भिडियो)
रामेछाप बिशेष

बिदा भइन रामेछापबाट शर्मा (भिडियो)

पुष ०६,

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा रामेछाप जिल्लाबाट बिदा भएकी छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको एक  औपचारिक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारीको रुपमा करिव एक वर्षमा काम गरेकी शर्मा मन्त्रीस्तरीय निर्णयबाट गरिएको सरुवा अनुसार सोमबारदेखि बिदा भएकी हुन् । उनले गत २०७६ साल माग २४ गते जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी थिइन् ।

भिडियो हेर्नुहोस्

बिदाई कार्याक्रममा बोल्दै शर्माले आफूले जिल्ला रहेदा आफ्नो ठाउँबाट खेल्नु पर्ने भूमिका आफ्नो क्षमताले भ्याएसम्म गरेको बताइन् । जिल्लाका सबै पक्षले आफूलाई सहयोग गरेकोमा उनले धन्वाद् दिदै आगामी दिनमा पनि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

शर्मा महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा दोस्रो महिला सिडियोको रुपमा आएकी थिइन् । उनी बिदा भएसंगै जिल्लामा उमाकुण्ड गाउँपालिकाका स्थानीयसमेत रहेका अर्जुन कुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । उनी सोमबारै जिल्लामा आइपुग्ने स्रोतले बतायो ।

शर्मा रामेछापबाट गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमै सरुवा भएकी हुन् ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्ला सबै सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता, संचारकर्मी, समाजसेवी, बुद्धिजिवी, पत्रकार, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

शर्माले जिल्ला प्रमुख अधिकारीको रुपमा रहादा यी काम गरिन् (पूर्णपाठ)

http://https://drive.google.com/drive/u/0/my-drive
http://https://smallpdf.com/result#r=6652e216c3a8dacc9d399dccd89fd16d&t=word

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु