आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दुर्घटना/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुष ०४,

बाँके । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापति रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु