पुष ०४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका छन् ।
शनिबार खुमलटारमा प्रचण्डलाई भेटवार्ता गरेपछि बादलनिवास पुल्चाेकमा पुगेर ओलीले बादलसंग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए ।
त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी मात्रैदिएका थिए । तर भेटमा के कुरा भयो भन्ने जानकारी चाहिँ प्रधानमन्त्रीले खुलाउन चाहेका छैनन् ।
खुमलटारबाट फर्किंदा बाटोमा पर्ने भएकाले आफू मन्त्री निवास पसेको प्रधानमन्त्री ओलीले बताएका थिए ।
खुमलटारकाे भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिनिवास पुल्चाेकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गर्नुभएको छ । pic.twitter.com/WrExyc6Tl1
— Surya Thapa (@ThapajiSurya) December 19, 2020
फेसबुक प्रतिक्रियाहरु