शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिविले माघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा लिने
शिक्षा

त्रिविले माघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा लिने

पुस २,

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा संचालन गर्ने भएको छ । चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा संचालन गर्न लागेको हो ।

माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो वर्षको तथा दोस्रो साताबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा संचालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

भौतिक उपस्थितीमा संचालन गरिने परीक्षाका लागि १ लाख ५० हजार परिक्षार्थी छन् । प्रत्येक सेमेष्टर वा वार्षिक परीक्षा सम्पन्न भएको ४ महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रक जोशीले बताए ।

यस्तै, आगामी सोमबार त्रिविले दिक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले विद्यावारिधी, एमफील र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु