आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • घाइते र अपाङ्गता भएकाहरुको कार्यादलको प्रतिवेदनमा नाम समावेश नभएकाहरुको विवरण माग (सूचनासहित)
दुर्घटना/अपराध

घाइते र अपाङ्गता भएकाहरुको कार्यादलको प्रतिवेदनमा नाम समावेश नभएकाहरुको विवरण माग (सूचनासहित)

मंसिर २६,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यादलको प्रतिवेदनमा नाम समावेश नभएका घाइतेहरुको विवरण माग गरेको छ ।  रामेछाप जिल्लामा घाइते,अपांङ्ग्ता भएकाहरुलाई आफ्नो विवरण सहित जिल्ला प्रशासनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आह्वन गरेको हो ।

बिहिबार प्रशासनले एक सूचना प्रकाशन गरी शसस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावकोलन कार्याविधि २०७४ को दफा ३ बमोजिक गत २०७६ असार २७ गते को सूचान अनुसार जिल्ला प्रशासन कार्यालयबाट निवेदन संकलन गरी घाइते अपाङ्गता प्रतिशत निर्धारण एवं पुनरावलोकन गरी केन्द्रीय अनुमोदन समितिबाट अनुमोदन गर्ने कार्य भएको हुदा कतिपय घाइते, अपाङ्गहरुको आफ्नो नाम कार्यादलको प्रतिवेदनमा समावेश हुन छुट भएको भनी प्राप्त गुनासोलाई मध्येनजार गर्दै कार्यादलको प्रतिवेदनमा नाम सावेश हुन नसकेका वास्तविक रुपमा माओवादी सेनाका घाइते अपाङ्ग, सशस्त्र, द्वन्द्व, ऐेतिहासिक, जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गहरुको पहिचान गरी उनीहरुबाट आवश्यक कागजात सहित निवेदन संकलन गरी एकमुष्ठ विवरण पठाउन भनि सूचनामा लेखिएको छ ।

यो पनि पढ्नुहोस् रामेछापका द्वन्द्वपीडितका परिवारले भने सरकारले घाउमा मलम लगाउने काम गरेन

जसको लागि यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र निवेदन दिन समेत प्रशासनले आग्रह गरेको छ ।

सुचना हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु