सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • आजदेखि सक्किगोनी हिमालयन टेलिभिजनमा
जुनेली बिशेष

आजदेखि सक्किगोनी हिमालयन टेलिभिजनमा

मंसिर २५,

आजदेखि चर्चित हाँस्य टेलिश्रिखला सक्किगोनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

नेपाल टेलिभिनबाट प्रशारण हुदै आएको यो सिरियल आज (बिहिबार) राति ९ बजेदेखि हिमालयन टेलिभिजनबाट प्रशारण गरिने अन्तिम तयारी भएको सम्बन्धित टेलिफिल्मका कथा, पटकथा, संवाद र निर्देशनक कुमार कट्टेलले जानकारी दिए ।

गत कात्तिक २४ गते हिमालय टेलिभिजनबाट प्रशारणको लागि सम्झौता भएको थियो । कोरोना भाइरस संक्रमणका कारण यो सिरिएल केही समय बन्द अवस्थामा रहेको थियो । आजदेखि नयाँ भाग छायांकनसहितको भिडियो प्रशारसण गरिने हाँस्या कलाकार कट्टेलले बताए ।

सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्दै आएका छन  ।

साथै युटुबमा OSR digital युटुब च्यानलमाबाट हेर्नसकिने “सक्किगोनीटिमले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु