आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सोह्रखुट्टे चोक नजिकैबाट बहुमूल्य सालकको खपेटा सहित दुई जना पक्राउ
दुर्घटना/अपराध

सोह्रखुट्टे चोक नजिकैबाट बहुमूल्य सालकको खपेटा सहित दुई जना पक्राउ

मंसिर २५,

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे चोक नजिकैबाट बहुमूल्य सालकको खपेटा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे बनेका नगरपालिका बस्दै आएका सिन्धुली ग्याङ्लेक गाउँपालिका वडा नं ४ घर भएका २१ वर्षीय रविन तामाङ्  र काभ्रे बनेपाका २१ वर्षीय टेक बहादुर आलेमगर रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट  ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार नेपाली रुपैयाँ र मोटरसाइकल जफत गरेको छ ।

उनीहरुलाई सोह्रखुट्टेस्थित सूर्यदेव मिठाई पसलमा सालकको खपेटा बिक्री भएको भन्ने सुचना आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ  ।

पक्राउ गरेकाहरुमाथि थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु