आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • सुकारजोरमा वडा कार्यालय भवन उद्घाटन
रामेछाप बिशेष

सुकारजोरमा वडा कार्यालय भवन उद्घाटन

मंसिर २२,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले वडा नं ७ सुकाजोरको हिलेपानीमा आज उद्घाटन गरेको वडा कार्यायलको बाँकि काम पूरा गर्न नगरले सहयोग गर्ने बताएका छन् । सोमबार नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भवन बनेकोमा खुसी ब्यक्त गर्दै वडा बासीमा खुसी ब्यक्त गरे । बाँकि काम पूरा गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

त्यस्तै नगरउपप्रमुख सिर्जना खड्काले भवन भनेकोमा खुसी ब्यक्त गर्दै वडा बासीलाई बधाई दिएकी छिन् । भवन मात्रै भने नहुने भन्दै सेवा पनि गुणस्तरको हुनु पर्नेमा उनले जोड्दिइन् ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे आर्थिक क्षेत्रमा नगपालिकाले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा ४५ लाख नगरपालिकाको लागतमा बनेको एक तले पक्की भवनमा तीन वटा कोठा, एउटा ५० जना आट्ने सभाहल रहेको वडा अध्यक्ष समिर कार्कीले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार समोबारदेखिनै  सेवा/काम सुरु गरिएको छ ।

फोटो साभार : सुदिप कार्कीको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु