मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • अफवाह फैलाई ठगी गर्न खोजेको आरोपमा मकवानपुरका प्रजा र ओखलढुङगाका गिरी पक्राउ
दुर्घटना/अपराध

अफवाह फैलाई ठगी गर्न खोजेको आरोपमा मकवानपुरका प्रजा र ओखलढुङगाका गिरी पक्राउ

मंसिर २२, फाइल फोटो
ललितपुर । झुठा अफवाह फैलाई ठगी गर्न खोजेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ ज्यामिरे घर भएका ४५ वर्षीय जिवन प्रजा र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १२ घर भएका ४३ वर्षीय जय गिरी रहेका छन् ।

उनी मध्ये प्रजा काठमाडौंको मिलनचोक बस्दै आएका छन् । भने गिरी ललितपुरको कुपण्डोल बन्दै आएका थिए । उनीहरुलाई बसिरहेको स्थानबाटै पक्राउ गरिएको हो ।

उनीहरुले धामी झाँक्रीले प्रयोग गर्ने थुरीममा त्रान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी आमसमुदायमा भ्रम फैलाईएको आरोप लागेको छ । त्यस्तै विभिन्न लोभमा पारी ठगी गर्न खोजेको लगाएतका काम पनि उनीहरुले गरेको अनुसान्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु