सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कोटेश्वरमा नेविसंघको सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर)
रामेछाप बिशेष

कोटेश्वरमा नेविसंघको सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर)

मंसिर १८,

काठमाडौं । तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहिबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

विरोद्ध सभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै बताए । नागरिक स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्ने, विनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलीमा पञ्चायती या राणाकाली भूत सवार भएको देखिएको बताउँदै तिमल्सिनाले सरकारविरुद्ध देशभरबाट आन्दोलित हुन आह्वान गरे ।

त्यस्तै कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बलत्कारी, हत्यारा र तस्करहरुको संरक्षण गर्ने प्रहरी प्रशासनले कांग्रेस नेता पौडेललाई पक्राउ गरेर आफ्नो बेइज्जत आफैं गरेको टिप्पणी गरेका छन् ।

त्यस्तै केपी ओली सरकार भ्रष्टचारमा लिप्त भएको हुदाँ हुदै र कांग्रेस नेता पौडेललाई नियन्त्रणमा लिएको मूल्य नेकपालाई महगो पर्ने कोटेश्वर कायम्पसका नेविसंघका सभापति दिनेश कार्कीले बताए ।

फोटो हेर्नुहोस्

No description available.

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु