आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो : ४ कराेड ५० लाखभन्दा धेरै निकाे
समाचार

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो : ४ कराेड ५० लाखभन्दा धेरै निकाे

मंसिर १८,
काठमाण्डौ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गएको वर्ल्डाेमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वका ६ करोड ४९ लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये चार करोड ५० लाखभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक करोड ४३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ७९ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रभावितको दोस्रो नम्बरमा रहेको भारतमा ९५ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३८ हजार ६ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । विश्वका १३ वटा देशमा १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा रहेको छ । पछिल्ला दिनमा धेरै देशहरुमा महामारीको दोस्रो लहर चलिरहेकोले अहिले नयाँ सङ्क्रमित थपिने तथा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु