शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिन्धुलीमा कार्यरत चौरसियासहित ३ जना प्रहरी निलम्बित
दुर्घटना/अपराध

सिन्धुलीमा कार्यरत चौरसियासहित ३ जना प्रहरी निलम्बित

मंसिर १७,

काठमाडौं । नेपाल प्रहरी संगठनको छविमा आँच पुर्याउने गतिविधि गरेको ठहर गर्दै तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

निलम्बित हुनेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई रहेका छन् ।

उनीहरुले प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने गतिविधि गरेको उनीहरुलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरेको, ठहर गरिएको छ । उनीहरुले प्रहरी नियमावली, २०७१ विपरित आचरण, व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी  भएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंगलबार सचिवस्तरिय बैठकको निर्णयबाट निलम्बित गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनीहरुलाई बढीमा ६ महीनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको हो ।

 

 

फेसबुक प्रतिक्रियाहरु