बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मन्थलीमा संचालन हुने अटोहरु अनिवार्य दर्ता गरी चलाउन नगरपालिकाको आग्रह : बिना दर्ता गुड्नलाई यस्तो कार्बाही ! (सूचनासहित)
रामेछाप बिशेष

मन्थलीमा संचालन हुने अटोहरु अनिवार्य दर्ता गरी चलाउन नगरपालिकाको आग्रह : बिना दर्ता गुड्नलाई यस्तो कार्बाही ! (सूचनासहित)

मंसिर १७, फाइलफोटो

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा चल्दै/गुड्दै आएका अटोहरुलाई व्यवस्थित तरिकाले संचालन गर्न मन्थली नगरपालिकाले आह्वन गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकामा संचालन हुदै आएका अटो रिक्साहरुलाई दर्ता एवं इजाजत लिएर  मात्रै संचालन गर्न तकेता गरेको हो ।

सो ताकेता बमोजिम संचालन नहुने अटोरिक्साहरुलाई यस आर्थिक वर्षमा थप अटोरिक्सा संचालन गर्न नदिने समेत नगरपालिकाले जनाएको छ । संचालन भैरहेका अटोहरुलाई दर्ता गर्न आउन आह्वन् गर्दै आगामी मंसिर मसान्तसम्म दर्ता हुन नआउने अटोचालक /धनीहरुलाई अटोचलाउन नदिने गरि कार्बाही गरिने पनि प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलको हस्ताक्षर भएको सूचनामा उल्लेख छ ।

जिल्लामा अन्दाजी २२/२५ वटा अटो गुड्दै आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जुनेली न्युजसंग बताए । उनले ठयाक्कै कति छन् भन्ने अभिलेख नभएकाले यती ओटा छन् भन्न सकिने अवस्था नरहेको जानकारी दिए ।

नगरपालिकाबाट जारी सूचना

No description available.

फेसबुक प्रतिक्रियाहरु