शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाम्तिभण्डारमा १० शैय्याको अस्पताल पालिका प्रमुख सुनुवारद्वरा शिलन्यास
रामेछाप बिशेष

बाम्तिभण्डारमा १० शैय्याको अस्पताल पालिका प्रमुख सुनुवारद्वरा शिलन्यास

मंसिर १५,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको बाम्तिभन्डारमा १० सैयाको अस्पताल भवनको शिलान्यास भएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सोमबार एक कार्यक्रमको बिच भवनको शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख सुनुवारले अस्पताल भवन मात्र नभई आवश्यक सामग्री र जनशक्तिको समेत सरकारको तर्फबाट पूर्ण व्यवस्थापन गर्ने बताए । उनले अस्पताल स्तरोन्नती गर्नको लागि ध्यान केन्दृत गरेको बताए

फरक प्रसंगमा उनले भने-आफूहरुको कार्यकाल भरिमा जनताले गुनासो राख्ने ठाँउ नराख्ने गरि काम गर्नेछौं । उमाकुण्ड गाउँपालिकामा निर्माण हुने १० सैयाको अस्पतालको कुल लागत १० करोड ८३ लाख ३६ हजार मध्य यस वर्षको लागि ८५ लाख विनियोजन भएको छ । सो भवन २ वर्षमा सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की (बस्नेत), प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदी,३ नं वडा अध्यक्ष रमेश कुमार सुनुवार, गाउँपालिकाको स्वास्थ शाखाको प्रमुख दिपेन्द्र कुमार पैकरा र सरोकारवाला अन्य ब्यक्तिहरुले समेतले शुभकामना मन्त्यव्य  राखेका थिए । गाउँपालिकाको केन्द्र रहेको प्रीतिमा केही समय अगाडि कोविड १९ अस्थाई ५ सैयाको अस्पताल संचालनमा आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु