मंसिर १४,
काठमाडौं । विगत १० वर्षको मनसुन अवधिको तथ्याङ्कले आगलागीका घटना बृद्धि भएको देखापको छ । आगलालीबाट प्रत्यक्ष प्रभावित परिवार संख्या पनि बढीरहेको राष्ट्रिय विपद् ब्यवस्थापन जोखम नियुनिकरण तथा ब्यबस्थापन प्राधिकारणले आइतबार जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार गत २०७७ जेष्ठ ३० देखी २०७७ असोज ३० गतेसम्ममा आगलागीमा परी ८ जनाको मृत्यु भएको छ । भने ९५ जना घाइते भएका छन् ।
४ सय २६ वटा आगलागीका घटनामा परी ५ सय ५२ घरपरिवार प्रभावित भएको प्राधिकरणले जानकारी दिएको हो ।
गत २०७६ सालमा ४ सय ९४ वटा आगलागीका घटनामा परी ६२ जना घाइते भएका थिए भने ५९० प्रभावित भएका थिए ।
त्यस्तै ०७५ सालमा ७ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए । त्यस्तै ४०७ वटा घटनामा परी ४७१ प्रभावित् भएका थिए ।
त्यस्तै ०७४ सालमा ८ जनाको मृत्यु भएको थियो । ३४ जना घाइते, २३८ वटा घटनामा ३७२ प्रवावित् भएका थिए । १० वर्षको तथ्याङ्कलाई हेर्दा आगोलागीमा परी ५७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ३८० जना घाइते भएका छन । त्यस्तै आगोलागीमा परी २ हजार ५ सय १६ प्रवाभित भएको प्राधिकारणले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु