शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कार्यसमितिका सभापति उज्वल कोइरालाको निधन प्रति कांग्रेसको दुःख ब्यक्त
समाचार

कार्यसमितिका सभापति उज्वल कोइरालाको निधन प्रति कांग्रेसको दुःख ब्यक्त

मंसिर १४,
काठमाडौं । नेपाली कांग्रेसले, काठमाडौं महानगरपालिका वडा नं-३१ का वडा कार्यसमितिका सभापति उज्वल कोइरालाको निधन प्रति दुःख ब्यक्त गरेको छ । कोइरालाको शनिबार सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कोइराला २०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं-३१ को वडा सदस्यमा निर्वाचित र गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्या बनेका थिए । कोइरालाले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ ।
कोइरालाको श्रीमती, चार छोरा र एक छोरी छन् । आइतबार शोक व्यक्त गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु