आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सिन्धुलीमा भरुवा बन्दुक सहित बुढाथोकी पक्राउ कार्की फरार
दुर्घटना/अपराध

सिन्धुलीमा भरुवा बन्दुक सहित बुढाथोकी पक्राउ कार्की फरार

मंसिर १४,

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१२ सिन्कौलीबाट  भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । उनको साथबाट २ थान एकनाले  भरुवा बन्दुक बरामत गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय दल बहादुर बुढाथोकी रहेका रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

दुई जना बन्दुक बोकी हिडिरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बुढाथोकीसंगै सोही ठाउँका ३२ वर्षीय राजन कार्की पनि रहेका थिए । उनी हाल फरार भएका छन् । फरार भएका कार्कीको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भेरहेको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु