बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस रामेछापद्वरा गोकुलगंगा प्रकरणमा : मुद्धा फिर्ता लिना माग,नेकपा सचिवले कपोकलपित आरोप लाएको ठहर (विज्ञप्तिसहित)
रामेछाप बिशेष

नेपाली कांग्रेस रामेछापद्वरा गोकुलगंगा प्रकरणमा : मुद्धा फिर्ता लिना माग,नेकपा सचिवले कपोकलपित आरोप लाएको ठहर (विज्ञप्तिसहित)

मंसिर १०,

रामेछाप । नेपाली कांग्रेस रामेछापले पूर्व जिल्ला सदस्यासहित नेपाली कांग्रेसका तीन जान नेता विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता गरेको प्रति आपत्ति जनाएको छ । मुद्धा तत्काल फिर्ता लिनू पर्ने कांग्रेसको माग छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापमा नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश)  पूर्व जिल्ला सदस्या एवं गिरजाप्रसाद् कोइराला फाउण्डेसका जिल्ला अध्यक्ष दिपक खड्का र युवा नेता सुमन खड्काविरुद्ध ज्यान मार्ने उधोगमा गोकुलगंगा गाउँपालिका वडा नं ५ का देवराज खड्काले मुद्धा दर्ता गरेका छन् ।

कांग्रेसका जिल्ला सचिव एक बहादुर बस्नेत (बिष्णु) को हस्ताक्षरमा बुधबार जारी प्रेस विज्ञप्तिमा गाोकुलगंगा गाउँपालिका भित्र बजेट कार्यन्वयनमा एकलौटी ढंगाले गरेको पनि उल्लेख गरेको छ । सोही कुरालाई आफ्ना नेता कार्यकर्ताले आवाज उठाउदाँ  शान्तीपूर्ण छलफल भैरहको बेलामा नियोजित ढंगाले नेकपा कार्यकर्ताहरुले आफ्ना नेताहरुको मागको सम्बोधनको बिरुद्ध घटना घटेको स्पष्ट पारेको हो ।

गत मंसिर २ गते भएको बासे सड्क’ निर्माणको विषयमा विवाद् हुँदा गोकुलगंगा गाउँपालिका वडा नं ५ का देवराज खड्काको टाउकोमा चोट् लागेको थियो । उनी अहिले काठमाडौमा उपचार गराई रहेका छन् ।

कांग्रेसले आफ्ना कार्यकर्ताबाट कुनै गल्ती नभएको दाबी गर्दै आएको छ । तरुण दल रामेछापसहित, तरुण दल केन्द्रीय समितिले समेत आफ्ना नेताबाट गल्ती नभएको दाबीसहित विज्ञप्ति जारी गरेका छन् । साथै घटनालाई लिएर मिडियाबाजी हुदै आएको छ । यसप्रती पनि रामेछाप कांग्रेस रामेछापले आपत्ती जनाएको छ । घटनालाई लिएर नेकपाका जिल्ला सचित तथा बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले घटनाबारेमा प्रकाशन् भएका समाचार प्रति कांग्रेसले  ध्यानाकर्षण भएको जनाउदै उनले कपोकलपित् आरोपूर्ण अभिव्यक्ति मिडियामा दिएको ठहर गरेको छ । समाचारको कांग्रेसले भ्रत्सना गरेको हो ।

त्यस्ता जालझेल र कपट्पूर्ण तवर राजनैतिक अधिकार सुनिश्चित गर्न र झुट्ठा मुद्धा लगाउने तथा निष्पक्षता माथि आरोप नलगाउन समेत कांग्रेसले चेतानी दिएको छ ।

उसले घटना सामान्य भएको भन्दै जालझेल  र राजनीतिज आस्थाको आदारमा लगाइएका झुट्ठा मुद्धा तुरुन्तै फिर्ता लिन पनि भनेको छ ।

प्रेस विज्ञप्ति

No description available.

फेसबुक प्रतिक्रियाहरु