आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • सडक दुर्घटना न्यनिकरण,कोरोनाबाट बच्न र बचाउन रासमको सडक अभियान (भिडियोसहित)
रामेछाप बिशेष

सडक दुर्घटना न्यनिकरण,कोरोनाबाट बच्न र बचाउन रासमको सडक अभियान (भिडियोसहित)

मंसिर ०९,

रामेछाप । रामेछाप सहयोगी मन (रासम) ले सडक दुर्घटना न्यूनिकरण गर्न र कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बच्न र बचाउनका लागि जनचेतना मूलक सडक अभियान सुरु गरेको छ । मंगलबार बिहाना सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्थित जिल्ला ट्राफिक प्रहरीसंग समन्वय गरी सडक दुर्घटना न्यूनिकरण अभियान सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमा पनि माक्स नलगाई यात्रा गर्नेहरुलाइ (रासम) ले माक्स वितरण, सुरक्षित सवारी यात्रा गर्नको लागि अभियानकै रुपमा माइकिङ्गमार्फत जनचेतना अभियान सुरु गरेको हो । नगरपालिकाको देवकोटा चोकबाट सो अभियान सुरु गरेको हो । रासमले कोरोना भाइरस संक्रमण सुरु भएयता जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । उसले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको बन्दाबन्दान्दीको समयमा रोजगारी गुमाएकाहरुलाई फूड् बैंक संचालन गरी खाना खुवाउने ब्यवस्था गरेको हो ।

त्यस्तै रासमले रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ८ मा बिटार पार्क निर्माण गरेको छ । त्यहाँ अहिले आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । साथै रासमले खाना नपाएका वृद्धावृद्धहरुलाफ घरमै पुगेर चुलो बाल्ने काम पनि गरेको छ । सडक, टोल, बजार सरसफाई, जस्ता सामाजिक काममा अग्रणी युवाहरुको समूह रासमले पछिल्लो समय सडक दुर्घटनालाई न्युनिकरणको लागि जिल्ला स्तरिय अभियान सुरु गरेको हो ।

मंगलबार अभियानको पहिलो दिन बस, मोटर साइकल, पौदल यात्रा गर्नेहरु माक्स नभएकालाई माक्स दिइ र माक्स भएकालाइ उचित तरिकाले मास्क लागाउँ भनेर माइकिङग गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु