शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा : विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न सरोकारवालाहरुबीच छलफल
शिक्षा

रामेछापमा : विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न सरोकारवालाहरुबीच छलफल

मंसिर ०८,

रामेछाप ।  रामेछापको मन्थलीमा विद्यालय सञ्चालन सम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

सोमबार मन्थली माविमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, नगरभित्रका राजनीति दलका प्रमुख तथा प्रतिनिधि, प्रधानध्यापक, शिक्षक, बुद्धिजीवि, समाजसेवीसहितको टोलीले कोरोना भाइरस संक्रमणका कारण बन्द विद्यालयहरुलाई विद्यार्थीको भौतिक उस्थितिमा संचालन गर्नु पर्ने निर्शकर्ष निकालेको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल जुनेली न्युलाई जानकारी दिए ।

उनका अनुसार समग्र जिल्लाको अवस्थालाई ध्यानमा राख्दै विद्यालय संचालन गर्नुको विकल्प नरहेको बताए । भौतिक संरचानाले सम्पन्न विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालन गरी विद्यालय संचालन गर्ने निशकर्ष निकालिएको छ । विद्यालय संचालन गर्ने मिति भने तोकिएको छैन् । तत्कालै संचालनमा ल्याउनको लागि आवश्यक छलफल भैरहेको पौडेलले बताए । कक्षा १ देखि ३ सम्म पढाइको लागि समस्या नरहेको भन्दै उनले विद्यार्थीहरुको संख्यालाई हेरेर अब पढाई अघि बढाउने विषयमा छलफल भैरेको उनले बताए ।

गत चैत्रदेखि कोरोना भाइरस संक्रमणका कारणले पालिकासहित देशभरीका विद्यालयहरु बन्द अवस्थामा छन् । भने केही विद्यालयहरु खुल्न थालेका छन् । केहीले अन्लाई कक्षा संचालन गरी रहेका छन् ।

पठनपाठनको लागि तयारी विद्यालय

 

फेसबुक प्रतिक्रियाहरु